• २१ असोज २०८३, बुधबार
  • ७ः५९ बिहान

संयुक्त राष्ट्र संघका महासचिव गुटरेस पोखरा आइपुगे

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार ०४:३२

कात्तिक १३, २०८० काठमाडौँ: नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस पोखरा आइपुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् गुटरेस पोखरा आएका हुन् । पोखराको पुरानो विमानस्थल ओर्लिएका गुटरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले स्वागत गरेका थिए।

National Life

विमानस्थलबाट गुटरेस बस्नका लागि फेवाताल पारी रहेको फिस्टेल लज गएका छन्। उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प जाने कार्यक्रम छ।


जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेका असरबारे बुझ्न उनी बेस क्याम्प जाने तयारी रहेको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्नपूर्ण आधार शिविरमा उनले स्थानीय समुदायले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे जानकारी लिने र सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । बेस क्याम्पबाट फर्किएपछि गुटरेस मंगलबार नै लुम्बिनी प्रस्थान गर्नेछन् ।

प्रतिकृया