संसद्को संयुक्त बैठक मंगलबार चार बजे, महासचिव गुटरेसले सम्बोधन गर्ने
प्रकाशित मिति
२०८० कार्तिक १३ गते, सोमबार ०४:०७
कात्तिक १३, २०८० काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजेलाई तोकिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् ।
गौतमले सोमबार जारी गरेको सूचनामा कात्तिक १४ गते चार बजे बैठक बस्ने उल्लेख छ । उनका अनुसार संयुक्त बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्नेछ ।
महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् ।

Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया