• २८ भदौ २०८३, आइतबार
  • १ः०३ राती

करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ११:३४

भक्तपुर,  चाँगुनारायण नगरपालिका– ५ खरिपाटी स्थित सैनिक प्रतिष्ठान ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने बेलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

National Life

मृत्यु हुनेमा भारत मोतीहारीका १९ वर्षिय प्रदिप कुमार हजाम रहेका छन् । उनी हाल ब्यारेकमै बसेर काम गर्दै आएका थिए र उनलाई मगलबार काम गर्ने बेला करेन्ट लागेको थियो र करेन्ट लागेर घाइते भएका उनलाई भक्तपुर अस्पतालमा लगिएको र उपचारकै क्रम उनको मृत्यु भएको अस्पतालले जनाएको थियो ।

घटना बारे महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया