• २१ असोज २०८३, बुधबार
  • ८ः२७ बिहान

शान्तिनगरको हरिसिद्धी आयल स्टोर सिल

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार ०३:३८

कात्तिक २, २०८० काठमाडौँ: ग्राहकलाई पेट्रोल कम बेचेको आरोपमा अनुगमन समितिले काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्प सिल गरेको छ । बिहीबार प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो ।

National Life

उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी गरेको प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले जानकारी दिए ।


र्‍यापिड रेस्पोन्स टिमले विभिन्न पेट्रेल पम्पमा अनुगमन गरिरहेको छ। मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेका पम्पमा सो टोलीले सिल गरेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया