• २१ असोज २०८३, बुधबार
  • ८ः२० बिहान

राष्ट्रसंघका महासचिव गुटरेस कात्तिक १२ गते नेपाल आउने

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार ०३:२४

कात्तिक २, २०८० काठमाडौँ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस यही कात्तिक पहिलो साता नेपाल आउने भएका छन् । यसअघि नेपाल भ्रमण स्थगित गरेका महासचिव गुटरेस कात्तिक १२ गते काठमाडौँ आउने भएका हुन् ।

National Life

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटरेस कात्तिक १२ गते बिहान नेपाल आइपुग्नेछन् । यसअघि उनी असोज २६ गते नै नेपाल आउने कार्यक्रम तय भएको थियो। तर लगत्तै हमास र इजरायलबीच युद्ध सुरु भएपछि उनले नेपाल भ्रमण स्थगन गरेका थिए ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच नेपाल आइपुगेकै दिन महासचिव गुटरेससँग भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री अमेरिका जानेगरी नयाँ कार्यतालिका बनाइएको जानकारी पनि उनको सचिवालयले दिएको छ ।


‘संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेज कार्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउनु हुँदै छ’, परराष्ट्रमन्त्रीको सचिवालयले भनेको छ, ‘त्यही दिन महासचिव गुटरेससँग कार्तिक १२ गते भेट गरेपछि मात्र माननीय परराष्ट्रमन्त्रीज्यू अमेरिका जानेगरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको छ ।’

प्रतिकृया