• २१ असोज २०८३, बुधबार
  • ८ः०० बिहान

जङ्गली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०४:५२

असोज २९, २०८० कञ्चनपुर : जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो ।

National Life

वडा नं ५ मा ३०, वडा नं ६ मा ६०, वडा नं ९ मा १६ र वडा नं १० मा ४० वटा बत्ती जडान भइरहेको अध्यक्ष खडकाले जानकारी दिए । जडान गरिएका बत्ती दुई वर्षभित्र बिग्रिएमा मर्मत गर्ने गरी आपूर्तिकर्तासँग सम्झौता गरिएको उनले बताए ।


“स्थानीय किसानको माग अनुसार प्राथमिकताका आधारमा बत्ती जडानको कार्य गरिरहेका छौँ”, वडाध्यक्ष खडकाले भने, “गत वर्ष रू दुई लाख ५० हजारमा बजेटमा ४० वटा बत्ती जडान गरेका थियौँ । यस वर्ष रू दुई लाख बजेटमा ३० वटा बत्ती जडान गरिरहेका छौँ ।” वडा नं ६ मा रू चार लाख बजेटमा ६० बत्ती खरिद गरी जडान भइरहेको उहाँको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

“उज्यालो देखेपछि हात्ती खेतबारीमा नछिर्ने भएकाले बत्ती जडान गर्न थालिएको हो” वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले भने, “सेन्सरयुक्त बत्ती उज्यालो हुनासाथ आझै निभ्छ । राति हुन थालेपछि आफै जल्छ ।”


बत्ती जडानपछि स्थानीयलाई ओहरदोहर गर्न सहज हुनाका साथै हात्तीलाई टाढैबाट देख्न सकिने भएकाले सजग हुने, भगाउन सक्ने तथा रातिका बेला हुने चोरीका घटनामा कमी आउने ऐरको भनाइ थियो ।

प्रतिकृया