• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

ओलम्पिकमा अब क्रिकेटमा पनि प्रतिस्पर्धा हुने

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०४:३९

असोज २९, २०८० काठमाडौँ: क्रिकेटलाई औपचारिक रूपमा ओलम्पिक खेलकुदको रुपमा फर्काइएको छ । सन् २०२८ (एलए२८) मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटमा प्रतिस्पर्धा हुने आइसिसीले पुष्टि गरेको छ ।

National Life

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसि) मुम्बईमा भएको १४१ औं बैठकले आज औपचारिक रूपमा क्रिकेटलाई सन् २०२८ को ओलम्पिकमा समावेश गर्ने प्रस्ताव अनुमोदन गरेको हो । सन् १९०० को ओलम्पिक पछि क्रिकेट पहिलो पटक ओलम्पिकमा फर्किएको हो।


ओलम्पिकमा टी-२० फर्म्याटमा खेल हुनेछ। ओलम्पिकका लागि २०२५ मा छनोट प्रक्रिया सुरु हुनेछ । क्रिकेटसँगै २०२८ को ओलम्पिकमा बेसबल, लुक्रस, स्क्वास र फ्लाग फुटबल नयाँ खेलको रुपमा समावेश भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया