• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

सामाजिक चलचित्र ‘चरित्र’को विशेष प्रदर्शनी

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०४:१३

असोज २९, २०८० काठमाडौँ: निर्माता श्याम कार्की र कपिल कार्कीको निर्देशन रहेको सामाजिक चलचित्र “चरित्र” को काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित बिरेन्द्र चोकमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

National Life

कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्कीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा ख्याति प्राप्त दर्जनौं कलाकारहरुलाई मेयर कार्की र निर्माता श्याम कार्कीले सम्मान गरेका थिए । उत्कृष्ट कलाकार उत्तम केसी र बालकलाकारमा श्रोता आचार्य रहेका थिए । यसैगरी एन प्याब्सन कागेश्वरीका अध्यक्ष रन्जन न्यौपानेले बाल कलाकार श्रोता आचार्यको प्रसंशा गर्दै धेरै विद्यालयहरुमा पनि यस्ता सन्देश मुलक चलचित्र देखाइनुपर्ने बताए ।


त्यस्तै कार्यक्रमका प्रमुख अतिथि मेयर कार्कीले यो चलचित्रले देशमा मात्रै होइन विदेशमा पनि सफलता हासिल गर्दै जाहोस् भन्दै शुभकामना दिए । उनले यस चलचित्रलाई कागेश्वरी भित्रका धेरै विद्यालयहरुमा सामाजिक चलचित्र चरित्र देखाउनको लागि आफू लागि पर्ने बताए । उनले विजया दशमी लगायत चाडपर्वको शुभकामना पनि दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै गरी निर्माता निर्देशक तथा समाजसेवी श्याम कार्कीले आफू धेरै लामो समयदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँदा कलाकार बन्नलाई धेरै संघर्ष मिहनेत अनि परिस्थितिसंग सामना गर्नुपर्ने बताउँछन् । कार्यक्रममा उल्लेख्य कलाकार, विद्यालय प्रतिनिधि, संचारकर्मी, समाजसेवीहरु र निर्माता निर्देशकहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया