मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण
प्रकाशित मिति
२०८० आश्विन २९ गते, सोमबार ०४:१९
असोज २९, २०८० महेन्द्रनगर (धनुषा): मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका छन्।
प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उनले सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिएका हुन । एउटा मात्र काउन्टर (लेनदेनका लागि व्यवस्था गरिएको एकाइ) हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउन्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा श्रवण मिश्रलाई निर्देशन दिए।
“सेवा प्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्”, उनले निर्देशक मिश्रलाई निर्देशन दिँदै भने । प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयाैँ बिरामीको जाँच गर्नुका साथैसुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।








प्रतिकृया