• २१ असोज २०८३, बुधबार
  • ८ः३४ बिहान

कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना

प्रकाशित मिति

२०८० आश्विन १५ गते, सोमबार ०१:०१

असोज १५, २०८० काठमाडौँ: कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ। यस अवसरमा बैंकले ग्राहकमा झनिकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ ।

National Life

२६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई रु एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमातथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ।


साथै खाताखोलीएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशततथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथानिःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ। यसै अवसरमा बैंककाअन्य बचत खाताहरुमा रु २० हजार को मेडिकलबीमा सुविधा प्रदान गर्ने छ । बैंकले सानिमा जीआई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामीदिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया