• २१ असोज २०८३, बुधबार
  • ८ः३४ बिहान

मोटरसाइकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० आश्विन १५ गते, सोमबार १२:४९

असोज १५, २०८० काठमाडौँ: मोटरसाइकल चोरीमा संलग्न तिन जनालाई आईतबार काठमाडौँको पुरानोबानेश्‍वरबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका ८ घर भइ काठमाडौँको बेसीगाउँ बस्ने २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका ४ घर भइ बेसीगाउँमानै बस्ने २६ वर्षीय लालमान तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका २ घर भइ काठमाडौँको जोरपाटी बस्ने २६ वर्षीय प्रेम रसाइलीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

National Life

बागमती प्रदेश ०२-०३४ प ०९ १८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट गत भदौ ९ गते
हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो ।


वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०३७ प २४ ७७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायताईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी चोरीमा संलग्न ३ जनालाई पुरानोबानेश्‍वरबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा
कारबाहीका लागी प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताउनु भयो ।


सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिकृया