• २१ असोज २०८३, बुधबार
  • ८ः५५ बिहान

पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि फिर्ता

प्रकाशित मिति

२०८० आश्विन १४ गते, आईतवार ०१:४४

असोज १४, २०८० काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य पूर्ववत (यसअघिकै) कायम गर्ने निर्णय भएको छ । आइतबार मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

National Life

बैठकले पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्दै चाडपर्वको बेला मूल्यवृद्धि गर्दा जनता मारमा पर्ने भन्दै पूर्ववत मूल्य कायम गर्ने निर्णय गरेको हो । शनिबार पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि भएको थियो। मूल्यवृद्धि भएसँगै सरकारको चौतर्फी आलोचना भएको थियो ।


प्रधानमन्त्रीको सचिवालयले नेपाल आयल निगमले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर पछिल्लो निर्णय नलिएको जनाएको थियो । यसैगरी, मन्त्रिपरिषद बैठकले सुन तस्करी छानबिन आयोग पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठन गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया