• 4:04 pm

साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको

प्रकाशित मिति

२०८० आश्विन १४ गते, आईतवार ११:३४

असोज १४, २०८० काठमाण्डौ : आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।


तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो ।


यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो ।

प्रतिकृया