• २१ असोज २०८३, बुधबार
  • ८ः३४ बिहान

शान्ति फाउण्डेशनको विविध कार्यक्रमसहित सातौँ वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति

२०८० आश्विन १३ गते, शनिबार १२:४६

असोज १३, २०८० काठमाडौँ : शान्ति फाउण्डेशनको विविध कार्यक्रमसहित सातौँ वार्षिक साधारणसभा र सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ ।

National Life

मानव बेचबिखन विरूद्ध जनचेतना जगाउने, प्रभावितका लागि कानुनी सहायता, मनोपरामर्श सेवा, सिप,तालिममार्फत आत्मनिर्भर बन्न सहयोग प्रदान गर्ने सो संस्थाले नृत्य/गायनसहित सम्मान कार्यक्रम गरी सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।


मन्दिरा रानाले स्वागत मन्तव्य र रोशनी र कृष्णले रमाइलो नृत्य गरी कार्यक्रमको सुरू भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

शान्ति फाउण्डेसनका कोषाध्यक्ष एवं बागमती प्रदेशस्तरीय मानव बेचबिखन तथा ओसारपसार प्रभावितको सञ्जालको अध्यक्ष चुरामाया के.सीको अध्यक्षतामा आयोजित कार्यक्रममा सभ्य समाजको परिकल्पना पुरा गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको संस्थाले जनाएको छ ।


सो अवसरमा कोषाध्यक्ष के.सीले मानव बेचबिखन प्रभावितहरूको प्रदेश सञ्जालको बारेमा चर्चा गर्दै यस्तो सञ्जाल सबै प्रदेशमा गठन गर्दै जाने संस्थाको उद्देश्यबारे प्रष्ट पार्नुभयो ।


शान्ति फाउण्डेसनका सदस्यहरूले कविता र गीत प्रस्तुत गर्नुभएको सो कार्यक्रममा कार्यक्रम व्यवस्थापक प्रविन शाक्यले संस्थाको आर्थिक वर्ष २०७९÷८०को कार्यक्रमहरूबारे चर्चा गर्नुभयो । भने पवित्रा गुरूङले आर्थिक वर्ष २०७९÷८०मा सम्पन्न आर्थिक गतिविधीबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


काठमाडौँ महानगरपालिका सामाजिक विभागका भवानी कपालीले यस संस्थाले बेचबिखन रोक्न र प्रभावितका लागि उपलब्ध गराएको सहयोग निक्कै प्रभावकारी रहेको बताउनुभयो ।


संस्थाका कार्यकारी निर्देशक सन्जमाया तामाङले संस्थाको उद्देश्य सफल पार्न काठमाडौँ महानगरपालिकाले दस लाख बजेट छुट्याएको र अन्य विभिन्न स्रोतबाट आर्थिकलगायत शुभेच्छाहरू प्राप्त हुने क्रम बढेको बताउँदै आगामी दिनमा झनै खटेर काम गर्ने जाँगर बढेको बताउनुभयो ।


सो अवसरमा रेविका क्षेत्री र अधिवक्ता मानप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।


सो अवसरमा काठमाडौँ, टोखा र बुढानिलकण्ठ नगरपालिकाबाट सरोकारवाला व्यक्तित्वहरू र सररकारी÷गैरसरकारी संस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया