शान्ति फाउण्डेशनको विविध कार्यक्रमसहित सातौँ वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति

२०८० आश्विन १३ गते, शनिबार १२:४६

IMG 9021 e1696057278193

असोज १३, २०८० काठमाडौँ : शान्ति फाउण्डेशनको विविध कार्यक्रमसहित सातौँ वार्षिक साधारणसभा र सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ ।


मानव बेचबिखन विरूद्ध जनचेतना जगाउने, प्रभावितका लागि कानुनी सहायता, मनोपरामर्श सेवा, सिप,तालिममार्फत आत्मनिर्भर बन्न सहयोग प्रदान गर्ने सो संस्थाले नृत्य/गायनसहित सम्मान कार्यक्रम गरी सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।


मन्दिरा रानाले स्वागत मन्तव्य र रोशनी र कृष्णले रमाइलो नृत्य गरी कार्यक्रमको सुरू भएको थियो ।


शान्ति फाउण्डेसनका कोषाध्यक्ष एवं बागमती प्रदेशस्तरीय मानव बेचबिखन तथा ओसारपसार प्रभावितको सञ्जालको अध्यक्ष चुरामाया के.सीको अध्यक्षतामा आयोजित कार्यक्रममा सभ्य समाजको परिकल्पना पुरा गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको संस्थाले जनाएको छ ।


सो अवसरमा कोषाध्यक्ष के.सीले मानव बेचबिखन प्रभावितहरूको प्रदेश सञ्जालको बारेमा चर्चा गर्दै यस्तो सञ्जाल सबै प्रदेशमा गठन गर्दै जाने संस्थाको उद्देश्यबारे प्रष्ट पार्नुभयो ।


शान्ति फाउण्डेसनका सदस्यहरूले कविता र गीत प्रस्तुत गर्नुभएको सो कार्यक्रममा कार्यक्रम व्यवस्थापक प्रविन शाक्यले संस्थाको आर्थिक वर्ष २०७९÷८०को कार्यक्रमहरूबारे चर्चा गर्नुभयो । भने पवित्रा गुरूङले आर्थिक वर्ष २०७९÷८०मा सम्पन्न आर्थिक गतिविधीबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


काठमाडौँ महानगरपालिका सामाजिक विभागका भवानी कपालीले यस संस्थाले बेचबिखन रोक्न र प्रभावितका लागि उपलब्ध गराएको सहयोग निक्कै प्रभावकारी रहेको बताउनुभयो ।


संस्थाका कार्यकारी निर्देशक सन्जमाया तामाङले संस्थाको उद्देश्य सफल पार्न काठमाडौँ महानगरपालिकाले दस लाख बजेट छुट्याएको र अन्य विभिन्न स्रोतबाट आर्थिकलगायत शुभेच्छाहरू प्राप्त हुने क्रम बढेको बताउँदै आगामी दिनमा झनै खटेर काम गर्ने जाँगर बढेको बताउनुभयो ।


सो अवसरमा रेविका क्षेत्री र अधिवक्ता मानप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।


सो अवसरमा काठमाडौँ, टोखा र बुढानिलकण्ठ नगरपालिकाबाट सरोकारवाला व्यक्तित्वहरू र सररकारी÷गैरसरकारी संस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया