• २४ भदौ २०८३, बुधबार
  • २ः३७ राती

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

प्रकाशित मिति

२०८० आश्विन ११ गते, बिहीबार ०३:४४

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो ।

National Life

तेक्वान्दोबाट ११ खेलाडी सहभागी भएका थिए । यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए । सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । त्यसअघि भने नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य प्राप्त गरेको थियो । ।


ब्याडमिन्टनमा पुरुष टोलीको विजयी सुरूआत

Classic Tech Mobile
Classic Tech Desktop

१९औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको पुरूष टोलीले विजयी सुरुआत गरेको छ। नेपालले मङ्गोलियालाई ३–१ सेटले पराजित गरेको हो ।


प्रिन्स दाहाल र सुनिल जोशीको जोडी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पुरुष डबल्समा पनि विजयी भएको छ । महिला टिम इभेन्टस्मा भने नेपाल माल्दिभ्ससित ३–१ सेटले पराजित भएको छ । महिला डबल्समा नेपालकी रसिला महर्जन र अनुमाया राईको जोडी पराजित भयो।

प्रतिकृया