• १० असोज २०८३, शनिबार
  • १२ः०२ राती

पूर्वकप्तान पारस खड्का क्यानको सचिवमा निर्वाचित, अरू को-को भए निर्वाचित?

प्रकाशित मिति

२०८० आश्विन ७ गते, आईतवार ११:०४

असोज ७, २०८० काठमाडौँ: राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन्।

National Life

कुल ८५ मतदाता रहेको क्यानमा खड्काले ४८ मत पाएका छन्। दशकभन्दा बढी नेपाली टोलीको कप्तानी गरेका खड्का सन्न्यास लिएको दुई वर्षपछि नै वाग्मती प्रदेश क्रिकेटको अध्यक्ष हुँदै क्यान केन्द्रीय कार्यसमितिको सचिव बनेका हुन्।


Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचित भएका छन्। चन्द दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध थिइन्।


त्यस्तै कोशी प्रदेशबाट अर्जुन पौडेल, वाग्मतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा, लुम्बिनीबाट प्रदीप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्वाचित बने। मधेश प्रदेशमा मोहम्मद दाउद अन्सारी र माधव कर्मचार्यले तथा खुलातर्फ ऋषिराम गौतम र करण महतारा क्षेत्रीले बराबर मत ल्याउँदा गोलप्रथामा पुगेको थियो। जसमा कर्मचार्य र महतारा विजयी भए।


खुला केन्द्रीय सदस्यमा दुर्गाराज पाठक, धिरेन्द्र साउद, आयुष श्रेष्ठ, विरेन्द्र बहादुर चन्द निर्वाचित भए।

प्रतिकृया