• 6:59 am

एसियन गेम्स खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाइ

प्रकाशित मिति

२०८० आश्विन ७ गते, आईतवार १०:५२

असोज ७, २०८० काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाइ गरेको छ। आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन्।


चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स गुमाएका छन्। उनको ठाउँमा सागर ढकाललाई पठाइने सचिव खड्काले जानकारी दिए। नेपाली क्रिकेट टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जानेछन्।


आज जाने टिममा सन्दीप लामिछाने भने छैनन्। काठमाडौं जिल्ला अदालतले उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप चीन नजाने भएका हुन्। क्यानका सचिव पारस खड्काका अनुसार उनी भोलि जानेछन्।

प्रतिकृया