• 3:40 pm

सभामुख घिमिरे स्वदेश फिर्ता

प्रकाशित मिति

२०८० आश्विन ७ गते, आईतवार ११:२४

असोज ७, २०८० काठमाडौँ:  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन् । गत भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेका सभामुख घिमिरे आइतबार बिहान नेपाल आइपुगेका हुन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमण सफल भएको बताए ।


भ्रमणका क्रममा दुई देशबीचको संसदीय आदानप्रदान लगायतका विषयमा त्यहाँका दुवै सदनका सभामुख र उपसभामुखसँग छलफल गरेको बताए । साथै राष्ट्रपति र मन्त्रीहरुसँगको भेटले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मुलुकले लाभ लिनसक्ने विश्वास व्यक्त गरे ।


‘भ्रमणका दौरानमा दुई देशबीचको संसदीय आदान प्रदान लगायतका विषयमा आयरल्याण्डका दुवै सदनका सभामुख र अध्यक्षसँग भएको छलफल महत्त्वपूर्ण रह्यो । राष्ट्रपति, मन्त्रीजीहरुसँगको भेटले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मुलुकले लाभ लिन सक्ने विश्वास लिएको छु ।’ सभामुख घिमिरेले भनेका छन् ।

प्रतिकृया