• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

देशभरका शिवालयमा भक्तजनको घुइँचो

प्रकाशित मिति

२०८० आश्विन १ गते, सोमबार १०:५७

असोज १, २०८० काठमाडौँ : हरितालिका तीज पर्वका अवसरमा सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि आज बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए।

National Life

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ। पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो। बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ।


पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ। बिहानी समयमा भक्तजन लाममा बसेको आधा घण्टामा दर्शन गरी फर्किएका छन्। पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना-ठूला शिवालयमा भक्तजनको भीड लागेको छ।

प्रतिकृया