• 8:01 pm

चीनले गर्‍यो याओगान–३९ ‘रिमोट सेन्सिङ’ स्याटेलाइट प्रक्षेपण

प्रकाशित मिति

२०८० आश्विन १ गते, सोमबार ११:०३

असोज १, २०८० काठमाडौँ: चीनले याओगान–३९ ‘रिमोट सेन्सिङ’ स्याटेलाइट प्रक्षेपण गरेको छ । आइतबार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।


स्याटेलाइट याओगान–३९ बोकेको लङ मार्च–टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आइतबारको प्रक्षेपण लङ मार्च रकेट शृंखलाद्वारा गरिएको ४८८औँ ‘मिसन’ थियो ।

प्रतिकृया