• १८ भदौ २०८३, बिहीबार
  • ५ः५६ बेलुका

हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए

प्रकाशित मिति

२०८० भाद्र ३० गते, शनिबार १२:४९

भदौ ३०, २०८० सर्लाही : सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९–८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।


उनका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये एक सय १९ जनाको उपचार सफल भएको छ । आव २०७८–७९ मा एक सय १० जना क्षयरोगी फेला परेका थिए । क्षयरोगका नयाँनयाँ बिरामी फेला परे पनि पुराना बिरामीमा रोग निर्मुल गर्नका लागि चुनौती रहेको र नगरका स्वाथ्यकर्मीको एकल प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

Kamana Sewa

शाखाले क्षयरोग निर्मुल गर्नका लागि जनप्रतिनिधि, सामुदायिक तथा निजी स्वास्थ्य संस्था, समाजसेवी, राजनीतिक दलका नेतालगायत मिडियाकर्मीको पनि साथ र सहयोग आवश्यक रहेको बागमती सेवा समाज नेपालका क्षयरोग कार्यक्रम संयोजक अजम्द अलि मिकरानीले बताए।

Classic Tech Desktop

उनका अनुसार हरिवन नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका र क्षयरोग र क्षयरोगीको पहिचान तथा उपचार गर्नका लागि प्राविधिकरुपमा हरिवनमा रहेको बागमती सेवा समाज नेपालले विगत पाँच वर्षदेखि सहयोग पुर्याउँदै आएको छ ।


नगरको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको पालिकास्तरीय क्षयरोग तथा कुष्ठरोगको वार्षिक नतिजा विश्लेषण कार्यक्रममा सहभागीले नगरपालिकालाई क्षयरोग मुक्त पालिक बनाउन सामुदायिक स्वास्थ्यकर्मीले मात्रै सम्भव नरहेको बताएका छन् ।


मधेस प्रदेशका हरिवन र निजगढ नगरपालिका तथा लक्ष्मीनियाँ गाउँपालिकालाई नेपाल सरकारले सन् २०३५ सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप पहिलो चरणमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ । जसअनुसार २०७८ सालबाट यस स्थानीय तहहरुमा क्षयरोग मुक्त अभियान घोषणा गरिएको छ ।


प्रत्येक एक लाख जनसङ्ख्यामा दुई सय ४५ जनामा क्षयरोग देखा पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिकृया