• १० असोज २०८३, शनिबार
  • १ः२५ दिउँसो

एसिया कपबाट बाहिरिए पाकिस्तानी बलर नशीम शाह

प्रकाशित मिति

२०८० भाद्र २८ गते, बिहीबार ११:३४

भदौ २८ २०८० काठमाडौँ: पाकिस्तानका तीव्र गतिका बलर नशीम शाहले एसिया कप २०२३ अन्तर्गतका बाँकी खेल गुमाउने भएका छ्न्। सुपर फोरको खेलमा भारतविरुद्धको खेलको अन्त्यतिर बलिङ गर्दा चोट लागेका शाहलाई टोलीबाट फिर्ता गरिएको हो भने उनको स्थानमा जमान खानलाई समावेश गरिएको छ।

National Life

पाकिस्तान क्रिकेट बोर्डले ‍एक महिनाभन्दा कम समयमै सुरु हुने ओडीआई विश्वकपलाई ध्यानमा राख्दै नसीमलाई ‘सबै आवश्यक सावधानी अपनाउँदै टोलीको मेडिकल प्यानलले निगरानी गरिरहेको’ बताएको छ।


जमान पाकिस्तानी टोलीसँग जोडिइसकेका छन् र प्रशिक्षण सुरु गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेको अवस्थामा पाकिस्तानले नशीमको चोटले विश्वकपका लागि उनको उपलब्धतालाई असर नगर्ने विश्वास गरेको छ।

यता भारतविरुद्धको खेलको रिजर्भ डेमा बलिङ नगरेका अर्का बलर हरिस रउफ फिट हुने चरणमा रहेको पाकिस्तान क्रिकेट बोर्ड जनाएको छ। ‍‍

प्रतिकृया