• २१ असोज २०८३, बुधबार
  • ९ः४० बिहान

सारुकलाई न्याउ देउ भन्दै कलाकारहरुद्वारा प्रदर्शन

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०१:३५

भदौ २४, २०८० काठमाडौँ: दिवंगत कलाकार सारुक ताम्राकारलाई न्याय देउ भन्दै कलाकारहरुले प्रदर्शन गरेका छन् । शुक्रबार ज्ञानेश्वरमा गरिएको प्रदर्शनमा आमाले छोराका लागि न्याय मागिरहेकी छन् भन्ने कलाकार ताम्राकारको फोटोसहितको नारा लिएर कलाकारहरुले प्रदर्शन गरेका हुन् । यसअघि दिवंगत चलचित्रकर्मी सानु ताम्राकारकी श्रीमती रुकमणी ताम्राकारले आफ्नो छोरा सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीको छानबिनबारे प्रश्न गर्नुभएको थियो ।

National Life

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा कलाकार सारुकलाई गुमाउनुका साथै त्यसको ५२ दिनमा श्रीमान्समेत गुमाउँदा आफूमाथि ठूलो बज्रपात परेको भन्दै यतिका दिनसम्म प्रहरी प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भनी प्रश्न गर्नुभएको थियो । उहाँले छानबिनबारे प्रहरी प्रशासनबाट खबर नआउँदा छोराको अन्तिम सुटिङको बेला के भएको थियो र छोराले के कारणले आत्महत्याजस्तो कदम चाल्यो भन्नेबारे राम्रोसँग छानबिन गर्न र प्रहरीलाई फोनको विस्तृत विवरण प्रष्टरुपमा अगाडि ल्याउन अनुरोध गर्नुभएको थियो ।


त्यसैगरी सारुकले अभिनय गरिरहेको पछिल्लो चलचित्र ‘ह्यासट्याग माया’ का निर्माता राजीव गुरुङले पनि उक्त चलचित्र निर्माणका क्रममा केही कलाकारबाट आफूले निकै दु:ख पाएको भन्दै लगानी र मिहिनेत सारुकको जीवनको अघि केही नभएकाले उनले न्याय पाउनुपर्ने बताउनुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले भन्नुभएको थियो, “सारुक भाइको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउन पर्छ। अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ।” अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका थिए । उनलाई असार २१ गते राति काठमाडौँ रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको थियो ।


पछिल्लो समय उनी ‘ह्यासट्याग माया’ चलचित्रको छायाङ्कनमा व्यस्त थिए । पुत्रवियोगमा विक्षिप्त भई मिर्गौलामा समस्याबाट पीडित सानु ताम्राकारको पनि यही भदौ ९ गते निधन भएको थियो ।

प्रतिकृया