• २१ असोज २०८३, बुधबार
  • ९ः२१ बिहान

दक्षिणकाली नगरपालिकाले अन्तर्राष्ट्रिय साक्षरता दिवस मनायाे

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ०२:०४

भदौ २२, २०८० काठमाडौँ: दक्षिणकाली नगरपालिकाले ५७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएकाे छ । नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० मनाएको हाे। दिगो र शान्तिपूर्ण समाज निर्माणको लागि साक्षरताको प्रवर्द्धन भन्ने नारासहित फर्पिङ भेगमा रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूले एकबद्ध रुपमा साक्षरता दिवस मनाएका हुन्।

National Life

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सहित करिब २ हजार भन्दा बढी सहभागी थिए।


नगरपालिका भित्रका शिखरापुर सामुदायिक सिकाइ केन्द्र, शिखरापुर खुला विद्यालय तथा चम्पादेवी खुला विद्यालयले साक्षरता, निरन्तर शिक्षा, महिला सशक्तीकरण, आयआर्जन, महिला तथा युवा उद्यमशीलता, महिलाहरूको प्रविधिमा पहुँच लगायतका विषयबस्तुमा विशेष प्रस्तुति दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

साथै मौलिक सँस्कृति र परम्परा झल्किने झाँकीसमेत प्रदर्शन गरी फर्पिङ परिक्रममा गरिएको थियो।


दक्षिणकाली नगरपालिका २०७६ सालमा साक्षर घोषणा भइसकेको छ।

प्रतिकृया