विनायक स्कूलले बार्षिकोत्सवको अवसरमा अन्तरसदन फुटसल प्रतियोगिता आयोजन

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ०२:४१

373472270 848624039775983 5383011600244879467 n e1694163369978

भदौ २२, २०८० काठमाडौँ: खेल जीवनका लागि तथा खेल अनुशासनका लागि भन्ने विश्व- व्यापि मान्यतालाई आत्मसात गराउँदै सीपमूलक तथा व्यवहारिक शिक्षाका साथ साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने खेलाडीहरू उत्पादन गर्न सफल मध्यापुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई. स्कूलले यही २०८० भाद २२ गतेका दिन विद्यालयको ३५ औं बार्षिकोत्सवको अवसरमा अन्तरसदन फुटसल प्रतियोगिताको आयोजना गर्यो।


विद्यालयमा +2मा अध्ययनरत विद्यार्थीहरुवीच आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयका प्राचार्य सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा फुटवलका हस्ती एवम् थ्री-स्टार क्लवका म्यानेजर राम श्रेष्ठ (BOSS)को प्रमुख आतिथ्यता एबम् विद्यालयका सहायक प्रिंसिपल प्रेमप्रसाद निरौलाको समुपस्थितिमा भएको थियो।


विद्यालयका +2 संयोजक तुत्सीहरि प्रजापतिको संयोजन तथा फुटवल प्रशिक्षक मदन खत्रीको सह संयोजनमा आयोजित उक्त कार्यक्रम मा कक्षा ११ का विद्यार्थीहरुले स्वर्णपदक र कक्षा-१२का विद्यार्थीहरूले रजत पदक प्राप्त गर्न सफल भएका थिए। कार्यक्रममा उपस्थित तथा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत, धन्यवाद मन्तव्य राख्नु हुँदै विद्यालयका प्रिन्सिपल सुरेद्रविक्रम प्रजापतिले आजका विद्यार्थी भोलिका यस देशका भविष्य तथा संवाहक भएकाले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि पढाइका साथ-साथै खेलकुदमा समेत विद्यालयले जोड दिँदैं आएको कुरा बताउनु भयो साथै प्रमुख अतिथि राम श्रेष्ठले खेलकूद तथा फुटवलको दुनियामा विनायकको छुट्टै पहिचान रहेकोले यसलाई निन्तरता दिन र आफ्नो क्लव थ्री स्टारले सहयोग गर्न तयार भएको बताउन भयो। सो कार्यक्रममा राजन बुढा सर्वाधिक गोलकर्ता, विशाल गुरुङ उत्कृष्ट खेलाडी र रुविज के.सी. उत्कृष्ट गोलरक्षक बन्न सफल भएका थिए ।

प्रतिकृया