हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ
प्रकाशित मिति
२०८० भाद्र २१ गते, बिहीबार १०:५२
भदौ २१, २०८० ओखलढुंगा : ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका–८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
एउटै साल एकै गाउँमा जन्मिएर ८३औँ वर्ष सहकार्य गरेका छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कंदै गरेका अधिकारी कटुवालले धकेल्दा लडेर घाइते भएका थिए ।
गम्भीर घाइते अधिकारीलाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बुधबार साँझ पक्राउ परेका वृद्ध कटुवाल प्रहरी हिरासतमा छन् ।
Related
Recent News
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया