• २३ भदौ २०८३, मंगलबार
  • ११ः४७ राती

विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा आज निकालिँदै

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार १०:५७

भदौ २१, २०८० मोरङ : प्रत्येक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको ५५ औं संस्करण बिहीबार निकालिँदैछ । कृष्णजन्माष्टिको भोलिपल्ट निकालिने रथयात्रा १९८८ सालबाट सुरु गरिएको हो ।

National Life

सो समय युगल राधाकृष्णलाई खटमा राखेर नगरपरिक्रमा गराइन्थ्यो। २०२४ सालपछि रथयात्रालाई बृहत बनाउँदै रथमा राखेर नगरपरिक्रमा गराउन थालिएको हो । यसपटकको रथयात्रामा ५८ वटा विभिन्न प्रकारका झाँकी सुरुमा निकालिने रथयात्रा मूल समारोह समितिले जनाएको छ ।


राधाकृष्णको मन्दिर रहेको स्थान विराटनगर १ बाट दिउँसो करिब ३ बजे सुरु हुने रथयात्राले ९ किलोमिटरको नगरपरिक्रमाका क्रममा विभिन्न ४३ स्थानमा छोटो विश्राम लिनेछ । रथयात्रा मूल समारोह समितिका सदस्य कृष्ण कार्कीका अनुसार रथयात्रा र राधाकृष्णको युगल जोडी हेर्नका लागि विराटनगर आएका हजारौं भक्तजनलाई दर्शनका लागि ती स्थानमा रथ रोकिने जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

रथयात्रा पूर्व झाकी र अन्य कार्यक्रम दिउँसो १ बजेबाट नै सुरु हुने उनले जानकारी दिए । रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन करिब १ हजार सुरक्षाकर्मी प्रत्यक्ष अप्रत्यक्ष रुपमा खटिनेछन्। कार्कीका अनुसार रथ तान्नका लागि पाँचसय जना सशस्त्र र जनपद प्रहरी परिचालन हुनेछन् ।


२२ फिट लम्बाई, १८ फिट चौडाइ र १८ फिट उचाई रहेको रथको सज्जावटका लागि भारतको कलकत्ताबाट कालिगढ झिकाइएको सदस्य कार्कीले जानकारी दिए । कोभिड १९ महामारीका क्रममा दुईवर्ष भने रथयात्रालाई पुनः खट(गाडी)मा राखेर नगरपरिक्रमा गराइएको थियो ।

प्रतिकृया