• २३ भदौ २०८३, मंगलबार
  • ११ः४१ राती

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज फैसला हुँदै

प्रकाशित मिति

२०८० भाद्र २१ गते, बिहीबार ११:०२

भदौ २१, २०८० काठमाडौँ: कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा आज (बिहीबार) जवाफी बहस हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा बिहीबार बहस हुँदैछ ।

National Life

मुख्यमन्त्रीका केही कानुन व्यवसायीले जवाफी बहस सकेपछि सर्वोच्चले फैसला सुनाउने छ। सर्वोच्चको फैसलाले कोशी सरकार कसको बन्छ भन्ने तय हुनेछ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनमा मंगलबार विपक्षीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए ।


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा जेष्ठ सदस्य इस्राइल मन्सुरीले सच्च्याउने समयमा मत दिएपछि विश्वासको मत लिने कार्य विवादित भएको थियो । उपसभामुख अनुपस्थित भएको र एमालेका अध्यक्षमण्डलका अन्य व्यक्तिले पनि बिरामी बिदाको निवेदन दिएपछि सभा सञ्चालनको जिम्मेवारी पनि सत्ता पक्षको हातमा आइपरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सत्ता गठबन्धनभित्र रहेका दलहरुको ४७ सिट भएपछि सभामुखको जिम्मेवारी लिँदा एक मत कम हुने भएपछि सभाको अध्यक्षता गरेका मन्सुरीले पनि मत दिएका थिए। तर, यसअघि नै सर्वोच्चले सभामुखले कुनै दलको पक्षमा खुलेर सरकार बनाउनु कानुन सम्वत मान्न नसकिने भन्दै यसअघि थापाको मुख्यमन्त्री पद बदर गरिदिएको थियो । दोस्रो पटक संविधानको धारा १६८को उपधारा २ अनुसार थापाले सभामुख बाबुराम गौतमलाई पदबाट राजीनामा गराएर बहुमत दाबी गर्दै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


बिहीबार मुख्यमन्त्री थापाको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, खम्बबहादुर खाती, महादेव यादव, प्रेमबहादुर खड्का र सुनिल पोखरेल लगायतले बहस गर्नेछन्। उनीहरुको बहसपछि निवेदकहरुले एक घन्टा जवाफी बहसका लागि समय पाउनेछन्। जवाफ सुनेपछि इजलासले निर्णय सुनाउने छ। सर्वोच्चले सुनाउने निर्णयले कोशी प्रदेशको सरकारको भविष्य निर्धारण हुने छ। सर्वोच्चले पुन: विश्वासको मत लिनु भनेमा विश्वासको मतको प्रक्रिया सुरु हुन्छ भने धारा १६८को उपधारा ३ अनुसार सरकार गठन गर्नु भनेमा एमाले सरकारमा आउने छ।

प्रतिकृया