सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज
प्रकाशित मिति
२०८० भाद्र २१ गते, बिहीबार १०:४६

भदौ २१, २०८० काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि आज (बिहीबार) लाई पेसी तोकिएको छ । आज मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो । यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि आजका लागि पेसी तोकिएको हो ।
अन्तिम बहस सकिएमा आजै फैसला आउने सम्भावना छ । सन्दीपले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । ती किशोरीले एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। यसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दियो ।
प्रतिकृया