• १ असोज २०८३, बिहीबार
  • १०ः२९ राती

आज भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार १०:३७

काठमाडौँ – देशका धेरै जसो स्थानमा आइतबार पनि मौसममा बदली भएर हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानहरु, पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा मेघगर्जन र चट्टयांङ्सहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।पश्चिमी तथा पूर्वी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

National Life

आज कन्काई, कोसी, कमला, बागमती, नारायणी, राप्ती, बबई, महाकाली र यसका सहायक नदीमा बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने अनुमान छ ।तर बागमती, कमला र यसका केही सहायक नदीमा आज बेलुकापछि बहाव सतर्कता तहसम्म पुग्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

प्रतिकृया