• ११ असोज २०८३, आइतबार
  • ८ः२५ राती

स्रोत नखुलेको २५ लाख रकमसहित भारतीय नागरिक पक्राउ

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ०५:०४

भदौ १३, २०८० जनकपुरधाम : महोत्तरी प्रहरीले स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला सितामढी ग्रामपंचायत बेला मचपकौनी बस्ने ३७ वर्षीय विनय साह रहेको जिल्ला प्रहरी कार्यालय माहोत्तरीले जनाएको छ।

National Life

मंगलबार दिउँसो मनराशिस्वा नगरपालिका ३ स्थित सुनौल ग्रामिण सडक खण्डमा विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ईटहर्वाकट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा साहलाई २५ लाख १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।


साहले चलाई आउँदै गरेको बिआर ३० एस ८५८९ नम्बरको मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेकोको अवस्थामा रकम बरामद गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

बरामद गरिएको रकमसहित पुरुषलाई आवश्यक कारवाहीका लागि जलेश्वगर भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया