• २० असोज २०८३, मंगलबार
  • ७ः०२ बिहान

चीन जाने पर्यटकको अब कोरोना परीक्षण अनिवार्य नहुने

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १२:४३

भदौ १२, २०८० काठमाडौँ: अबदेखि चीन भ्रमणमा जाने पर्यटकहरुले कोरोना परीक्षण गर्नु नपर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३०देखि चीन भ्रमण गर्ने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाएको जानकारी दिए ।

National Life

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए ।


२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा देखा पर्दै आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया