• १६ भदौ २०८३, बुधबार
  • १२:४३ बेलुका

कोभिड १९ जोखिम न्यूनीकरणका लागि नीतिगत रुपमा दीर्घकालित योजना बनाउन सरोकारवालाको जोड

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ०४:३५

भदौ १०, २०८० काठमाडौँ: काठमाडौं कोभिड १९ नीतिगत रुपमा दीर्घकालिन योजना बनाउन सरोकारवालाले जोड दिएका छन् । राष्ट्र निर्माण मञ्च नेपालको आयोजना भएको एक दिने कोभिड १९ नीतिगत तह विषयक छलफल कार्यक्रममा सरोकारवालाले कोभिड जस्ता महामारीका लागि प्रभावकारी योजना बनाउन जोड दिएका हुन् । उक्त कार्यक्रयमा बिभिन्न बिषयगत मन्त्रालयका प्रतिनिधिहरुले कोभिडको समयमा मन्त्रालयले खेलेको भूमिका र हालको अवस्थामा समेत गैर प्राकृतिक र प्राकृतिक महामारीलाई न्यूनिकरण गर्न मन्त्रालयको आगामी कार्ययोजना बारे धारणा राखेका थिए ।


कार्यक्रममा राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल कुमार उप्रेतीले संस्थाले हाल सम्म गरेका कार्यहरु तथा नीतिगत सुधारमा भएका प्रयास बारे आफनो प्रस्तुती राखेका थिए । यस्तै, उप्रेतीले आगामी दिनमा समेत यस किसिमका महामारीका लागि विशेष कार्ययोजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा कोभिडपछिका बिभिन्न क्षेत्रमा परेको प्रभाव , आगामी महामारी सम्बन्धी आवश्यक नीति , विपद् जोखिम न्यूनीकरणका लागि लिनुपर्ने आवश्यक कार्यदिशा , कोभिड जस्ता महामारीमा आगामी योजना बनाउँदा नीतिगत रुपमा अगाडी बढ्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

Kamana Sewa

त्यसैगरी राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव धुब्र बहादर खडककाले प्राधिकरणले कोभिड जस्ता महामारी संगै अन्य सबै किसिमका विपद जोखिम न्यूनीकरणको सम्बन्धमा भए गरेका प्रयास बारे धारणा राखेका थिए ।

Classic Tech Desktop

कार्यक्रममा बिभिन्न गैर सरकारी संस्था , कुटनीतिक नियोग लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिकृया