• ०५:३८ २०८१ बैशाख ७ गते
  • 5:38 am

गाई-गोरु हत्या गर्नु संविधान विपरित कार्य: मधेशी आयोग

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ०४:४०

unnamed

भदौ १०, २०८० काठमाडौँ: गाई-गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ ।


आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ ।


आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात-जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ । आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो-कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।


आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र सो घटनाको दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् ।

प्रतिकृया