• १७ भदौ २०८३, बुधबार
  • ३ः२४ दिउँसो

अनुभवी प्रशासक आचार्यलाई कोन्ज्योसोम गाउँपालिकाद्वारा स्वागत

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ०५:०१

भदौ १०, २०८० काठमाडौँ : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई आइतबार स्वागत गरेको छ । स्थानीय तहका अब्बल प्रशासकको रुपमा चिनिने आचार्यलाई गाउँपालिकाले स्वागत गरेको हो ।


आचार्यलाई गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष कार्यपालिकाका सदस्य, गाउँपालिकाका कर्मचारी लगागतले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । गाउँपालिकाले स्वागत गरे सँगै आचार्यले आइतबार नै पद बहाली गर्नुभएको छ । हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई सङ्खुवासभाको खाँदबारी नगरपालिकाबाट कोन्ज्योसोम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो ।

Kamana Sewa

आचार्यलाई स्वागत गर्दै अध्यक्ष लामाले गाउँपालिकाको नवनियुक्त प्रमुख प्रशासकीय अधितकृतबाट गाउँपालिकाको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले स्थानीय तहको अनुभवी प्रमुख प्रमुख प्रशासकीय अधिकृत पाएको भन्दै आचार्यको कार्यकाल पूर्णरुपमा सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफू नीति नियम कानुनको अधिनमा रहीजनप्रतिनिधि र कर्मचारीसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।
आचार्यले निजामती सेवामा प्रवेश गरेदेखिकै अहिलेसम्म अधिकाङ्श समय स्थानीयमा बसेर प्रत्यक्षरुपमा सेवाग्राहीको सेवामा समर्पित रहँदै आउनु भएको छ ।

Classic Tech Desktop

२०६९ सालदेखि नगरपालिकाको कार्यकारी अधिकृतको भूमिकामा रहेर काम गरेको अनुभव उहाँसँग छ । आचार्यले कमलामाई नगरपालिका सिन्धुलीको कार्यकारी अधिकृत त्यसपछि क्रमशः खाँदबारी नगरपालिका सङ्खुवासभा, लेटाङ नगरपालिका मोरङ, सुन्दरदुलारी नगरपालिका मोरङ, रतुवामाई नगरपालिका, मोरङमा स्थानीय तहमा जनप्रतिधि नभएको समयमा कार्यकारी अधिकृतको रुपमा सेवा प्रवाह गरिसक्नु भएको छ ।


त्यस्तै २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि स्थानीय तहमा जनप्रतिनिधि बहाल भएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा क्रमशः मिक्लाजुङ गाउँपालिका मोरङ, वागमती गाउँपालिका ललितपुर, शिवपुरी गाउँपालिका नुवाकोटमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिसक्नु भएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालमाशाखा अधिकृतको रुपमा कार्यरत र खाँदबारी नगरपालिका सङ्खुवासभामा प्रमुख प्रशासकीय अधिकृतका साथै जिल्ला समन्वय समिति (जिसस) सङ्खुवासभाको जिल्ला समन्वय अधिकारीको भूमिकामा रहेर काम गरिसक्नु भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । कोन्ज्योसोममा यस अगाडि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका टेकबहादुर बुढथापा केही दिन अघि सरुवा हुनु भएको थियो ।

प्रतिकृया