एशिया कप क्रिकेट खेल्न आज सन्दीप लामिछाने पाकिस्तान जाँदै
प्रकाशित मिति
२०८० भाद्र ११ गते, सोमबार ०८:४७
भदौ ११, २०८० काठमाडौँ : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तानतर्फ जान भएका छन्। सन्दीप सोमबार विहान करिब साढे ११ बजे कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन। आइतबार जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनको एशिया कप यात्रा निश्चित बनेको हो।

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

नेपाली क्रिकेट टोली भने यसअघि नै एसिया कप खेल्न गत मंगलबार पाकिस्तान गएको थियो। त्यत्तिबेला सन्दीप मुद्दाको पेशीका कारण जान पाएका थिएनन्।
नेपाल, पाकिस्तान र भारत समूह ए मा छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।




प्रतिकृया