• १ असोज २०८३, बिहीबार
  • ६ः५८ बिहान

कश्मीरमा आंशिक रूपमा टेलिफोन, इन्टरनेट सेवा सुचारु

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ०६:५०

श्रीनगर, भारत प्रशासित कश्मीरमा झण्डै दुई सातादेखि बन्द गरिएको फोन सेवा र इन्टरनेट सेवा आंशिक रूपमा सुचारु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि शुरु गरिएको छ । प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ । अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाल काटिएकोे थियो ।

National Life

जम्मु कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, ‘बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यहाँ विगत केही दिनदेखि अवरुद्ध केही सञ्चार सेवा सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्म सञ्चालनमा आउनेछन् ।’ सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जले काम गर्न थाल्नेछन् ।

प्रतिकृया