• १२ असोज २०८३, सोमबार
  • २ः५४ राती

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ५८ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार १२:४८

भदौ ५, २०८० काठमाडौँ: साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा वृद्धि भएको छ। साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५८ दशमलव ०५ प्रतिशतले वृद्धि गर्दै ७ करोड ८८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

National Life

अघिल्लो आर्थिक वर्ष कम्पनी ४ करोड ९८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। ब्याजखर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीले खुद नाफामा आकर्षक सुधार गरेको बिक्री विवरणले देखाएको छ।


नाफा बढेसँगै कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ५९ पैसा बढेर २८ रुपैयाँ २६ पैसा पुगेको छ। असारसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ४१९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १७३ दशमलव ३८ गुणा छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको बिक्री आय ७ अर्ब १७ करोडबाट २२ दशमलव ४९ प्रतिशत बढेर ८ अर्ब ७८ करोड २९ लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो। कम्पनीको चुक्ता पुँजी बढेर २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।


कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड ५६ लाख ५७ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल आय समग्रमा १० दशमलव ४७ प्रतिशतले बढेको छ। गत आवमा कम्पनीको कुल आय ९५ करोड ५८ लाख ७७ हजार पुगेको छ ।


साल्ट ट्रेडिङ सरकारले आपूर्ति व्यवस्थापन गर्न सञ्चालन गरेको कम्पनी हो। यसमा सरकार, निजी क्षेत्र र सर्वसाधारणको समेत लगानी रहेको छ ।

प्रतिकृया