• १५ असोज २०८३, बिहीबार
  • २ः०५ दिउँसो

संविधान बनाउँदा गल्ती भएकोले मुलुक अप्ठ्यारोमा परेको छः उपेन्द्र यादव

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०५:३०

भदौ ४, २०८० काठमाडौँ: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अप्ठ्यारोमा परेको बताएका छन् ।

National Life

सोमबार नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौँमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले मुलुक अप्ठ्यारो स्थितिमा परेको बताएका हुन् ।


उनले संविधान निर्माणका क्रममा गल्ती गरेका कारण अहिले मुलुकमा अप्ठ्यारो स्थिति आएको उनको भनाइ छ। वर्तमान संविधानले अन्तरिम संविधानले जनतालाई दिएको अधिकारलाई समेत सम्बोधन गर्न नसकेको उनले जिकिर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले संविधानले भविष्यलाई नदेखेको पनि बताए । अध्यक्ष यादवले सोही कारण आफू र स्वर्गीय गिरीलगायतले संविधानमा हस्ताक्षर नगरेको उल्लेख गरे ।

प्रतिकृया