बानेश्वरबाट पक्राउ परे सानोठिमीबाट फरार ८६ जना ‘नाबालक बन्दी’

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०५:४३

nabalak

भदौ ४, २०८० काठमाडौँ: प्रहरीले भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।


पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । फरार भएका २२१ जना जना नाबालक बन्दीमध्ये धेरैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहको लापरबाहीबाट बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।


सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । सो क्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडेर बाहिर निस्किएका थिए ।

प्रतिकृया