• २१ असोज २०८३, बुधबार
  • ९ः५२ बिहान

खाँदबारीद्धारा नदीजन्य पदार्थ उत्खनन र विक्री वितरण गर्न सूचना सार्वजनिक

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०१:५३

भदौ ३, २०८० काठमाडौँ : खाँदबारी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरी नगरपालिकाले तोकिएको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्न सूचना जारी गरेको छ।

National Life

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ च र दफा ११ को घ को छ भएको व्यवस्था बमोजिम तपशिलमा उल्लेखित नदिहरुको स्वीकृत घाँटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन गरी खाँदबारी नगरपालिकाले तोकिएको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नका लागि भदौ १ गते सूचना जारी गरेको हो।


इच्छुक फम वा, कम्पनीहरुले फमको नविकरण भएको प्रमाणपत्र मूल्य अभिवृद्धि कर प्रमाण पत्र, २०७८/७९ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपीका साथै अन्य आवश्य काजगत संलग्न गरी बोलपत्र प्रक्रियामा सहभागि हुन सम्बन्धित सबैको जानकारीका लागि नगरपालिकाले सूचना जारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया