• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

कुमार पौडेल ‘इन्काउन्टर’ स् थन्कियो गृहको प्रतिवेदन

प्रकाशित मिति

२०७६ श्रावण ३२ गते, शनिबार ०७:४९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ । गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो । समितिले घटना छानबिन गर्न निर्देशन दिएको थियो ।

National Life

समिति सदस्यलाई २६ असारमा प्रतिवेदन वितरण गरिएको थियो । तर, यसबारे अझै छलफल चलेको छैन । घटना छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले संसद् अवरुद्ध पारेका थिए । प्रतिनिधिसभाले सुवास नेम्बाङको संयोजकत्वमा अध्ययन तथा सुझाव विशेष समिति गठन गरेपछि सदन खुलेको थियो ।

अन्नपूर्ण पोष्टबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया