• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

सप्तरीमा एमआइएस अपरेटर पाँच लाख घुससहित पक्राउ

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार ०२:००

३१ श्रावण २०८०, काठमाडौँ:  सप्तरी जिल्ला, विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा पाँच लाख घुससहित सप्तरीमा दुई जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित पक्राउ गरेको हो ।

National Life

इटहरीबाट खटिएको अख्तियारको टोलीले राजविराज नगरपालिका-३ बाट बुधबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।


उनका अनुसार सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया