सप्तरीमा एमआइएस अपरेटर पाँच लाख घुससहित पक्राउ
प्रकाशित मिति
२०८० श्रावण ३१ गते, बुधबार ०२:००

३१ श्रावण २०८०, काठमाडौँ: सप्तरी जिल्ला, विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा पाँच लाख घुससहित सप्तरीमा दुई जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित पक्राउ गरेको हो ।
इटहरीबाट खटिएको अख्तियारको टोलीले राजविराज नगरपालिका-३ बाट बुधबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनका अनुसार सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।
प्रतिकृया