• २१ असोज २०८३, बुधबार
  • १०ः०१ बिहान

विश्व अंगदान दिवस भक्तपुरमा कार्यक्रममको आयोजना गरी भव्य रुपमामनाइयो

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार ११:०६

२९ श्रावण २०८०, काठमाडौँ : मस्तिष्क मृत्यू पश्चातहुने अंगदानबाट प्रत्यारोपण सम्बन्धि जानकारी गराउने उद्देश्यका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हिजाे भक्तपुर नगरपालिकका नगर प्रमुख सुनिल प्रजापतीको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका चार वटै नगरपालिका नगर प्रमुखहरु र वडा अध्यक्ष सम्मको उपस्थितिमा एक कार्यक्रममको आयोजना गरी विश्व अंगदान दिवस भव्य रुपमा मनाएको छ ।

National Life

पश्चिमामुलुकमा मस्तिष्क मृत्यू पश्चात प्राप्त अंगबाट ७०% भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ । हाम्रो जस्तो गरीब मुलुकमा जिवित व्यक्तिबाट अंगनिकाली अर्को व्यक्तिमा अंगप्रत्यारोपण गर्नु पर्दा दोहोरो खर्च हुने हुँदा बढी खर्चिलो पर्न गएको छ । यदि मस्तिष्क मृत्यू पश्चात हुने अंगदानबाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुनका साथै जिवित व्यक्तिबाट अंग झिक्न नपर्दा उसको स्वस्थ्यमा आउन सक्ने समस्या नरहने कुरा केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले बताउनु भयो । साथै यस केन्द्रका भौतिक संरचना विकास र सेवा विस्तारको लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका भित्रका सबै तहलाई अनुरोध समेत गर्नुभयो ।


प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्व भरी नै मृगौला रोगको प्रकोप वढि रहेको परि प्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक छ । नेपालमा बर्षेनी करीब ३,००० जनाको मृगौला फेल हुने गरेको र उनीहरु मध्ये केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको कुरा केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा.कल्पना कुमारी श्रेष्ठले बताउनु भयो साथै अंगदान सम्बन्धि जनचेतना विस्तारमा स्थानीयतहको भूमिका अत्यन्त महत्वपूर्ण हुने कुरा उल्लेख गर्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्व अंगदान दिवसलाई सम्बोधन गर्नु हुँदै भक्तपुर नगरपालिकका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्र अंगदान सम्बन्धमा व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने र अंगदानको क्षेत्रमा एउटा नमुना नगरपालिकाको रुपमा स्थापति हुने कुरा व्यक्तगर्दै नेपाली जनतालाई सर्भसुलभ रुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न भक्तपुर नगरमा रहेका स्वास्थ्य संस्थाको विकासमा सधैं सहयोग गर्न नगरपालिका प्रतिवद्द रहेको समेत उल्लेख गर्नु भयो ।

प्रतिकृया