• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

अवैध लागु औषध खैरो हेरोईन १३३ र नियन्त्रित लागु औषध २८८६ एम्पुल सहित १६ जना मानिस पक्राउ

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार ११:२४

२९ श्रावण २०८०, काठमाडौँ:  काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानमा लागु औषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा नारकोटिक्स कंट्रोल ब्यूरोबाट व्यापक मात्रामा प्रहरी टोली परिचालन गरी श्रावण ०९ गते देखि २८ गते सम्म गरिएको कारवाहीमा अवैध तथा नियन्त्रित लागु औषध कारोबार गर्ने ब्यक्तिहरुलाई लागु औषध सहित पक्राउ गरी निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको ।

National Life

 

  • मिति २०८०।०४।१४ गते ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, का.म.न.पा. १५ बाट जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १३ स्थायी ठेगाना भई ऐ.ऐ. १५ बस्ने बर्ष ३३ को भूषण महर्जन, जिल्ला ईलाम, फाकफोकथुम गा.पा. वडा नं. ३ बस्ने बर्ष २४ को सुभाष घतानी र ऐ.ऐ. ठेगाना भएका बर्ष २६ को राजन राई समेतको साथबाट अवैध लागु औषध खैरो हेरोईन ५२ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरी यस कार्यालयबाट थप अनुसन्धान भई रहेको ।
  • मिति २०८०।०४।२६ गते यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं. १५ ढुङ्गेअड्डाबाट जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. ४ बस्ने बर्ष ३९ को उमा शंकर दास र ऐ.ऐ वडा नं. १ बस्ने बर्ष २५ को अब्दुल मिया दर्जी समेतको साथबाट नियन्त्रित लागु औषध बुप्रेनोर्फिन (नुफिन) ५०० एम्पुल, डाईजेपाम ५०० एम्पुल र फेनारगन ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल बरामद गरी यस कार्यालयबाट थप अनुसन्धान भईरहेको ।
  • मिति २०८०।०४।२६ गते यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, का.म.न.पा. ९ तिलगंगाबाट जिल्ला ईलाम, ईलाम न.पा. वडा नं. ९ बस्ने बर्ष ३१ को ज्ञान बहादुर राई, ऐ.ऐ. ठेगाना भएका बर्ष २५ को बिकास बसेल र जि.झापा बिर्तामोड, न.पा. वडा नं. १० बस्ने बर्ष ३१ को कुमार लिम्बु समेतको साथबाट अवैध लागु औषध खैरो हेरोईन ३७ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरी यस कार्यालयबाट थप अनुसन्धान भई रहेको ।

 

Classic Tech Mobile
Classic Tech Desktop

साथै मिति २०८०/०४/०९ गते देखि ऐ. २८ गतेसम्म काठमाण्डौको विभिन्न स्थानमा भएको प्रहरी कारबाहीमा लागु औषधको कारोबार गर्ने १६ जना मानिस सहित जम्मा  खैरो हेरोईन १३३ ग्राम १५० मिलिग्राम र नियन्त्रित लागु औषध २८८६ एम्पुल सहित बरामद / पक्राउ गरी थप अनुसन्धान भईरहेको नारकोटिक्स कंट्रोल ब्यूरोले जानकारी दिएकाे छ ।

प्रतिकृया