जनमतकी अनिता देवीले लिइन् मन्त्रीको शपथ

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार १०:४८

janmat

२९ श्रावण २०८०, काठमाडौँ:  नवनियुक्त मन्त्री अनिता देवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराएका हुन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

प्रतिकृया