नेपाल लाइफलाई पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिवद्वारा धन्यवाद ज्ञापन
प्रकाशित मिति
२०८० श्रावण २७ गते, शनिबार ११:५०
२७ श्रावण २०८०, काठमाडौँ : नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलिको तीन दिवसीय Leadership Excellence Awards, 2023 भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गते सम्म चलेको कार्यक्रम “सार्क वर्ष : पराक्रमीगति, आक्रामकनीति” नाराका साथ सम्पन्न भएको हो । देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम के.सी.ले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अव्वल बनाउन अहोरात्र लग्नु भएका अभिकर्ता साथीहरुलाई सम्मान गर्ने परिपाटी स्थापित गरि हरेक वर्ष झन् परिस्कृत र बृहत रुपमा कार्यक्रम संचालन भएको देख्दा मन हर्षित भएको र भव्य आयोजनाका निम्ति यस कम्पनीका व्यवस्थापन समितिलाई आफ्नो व्यक्तिगत तथा पेशागत बीमा अभिकर्ता संघ,नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्नुका साथ साथै आगामी दिन माझन् भब्य र सभ्य कार्यक्रमहरु नेपाल लाइफद्वारा आयोजना हुनेमा आफु विस्वस्त रहेको कुरा बताउनुभयो ।
विभिन्न समस्याका बाबजुद अथक परिश्रम गरि यस कम्पनीलाई बीमा क्षेत्रमा एक चम्किलो नक्षत्र रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली कम्पनीलाई सर्वोत्कृष्ट बनाई सम्मानित हुनु भएका सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले आगामी दिनमा कम्पनीको लक्ष्य प्राप्तिका निम्ति दत्तचित्त भएर लागि पर्ने प्रतिबद्ता जाहेर गर्नु भयो। बीमा क्षेत्रमा यस कम्पनीको स्थापना गरि नेपाली जनताको घर दैलोमा बीमाको सचेतना फैलाउने अवसर जुराई दिनु भएकोमा संचालक समिति प्रति आभारी रहेको कुरा व्यक्त गर्नु भयो । संचालक समितिको सोच र मार्ग निर्देशन, व्यवस्थापनको दृढ इच्छा शक्ति र अब्बल नेतृत्वकै कारण कम्पनीले आजको उचाई प्राप्त गर्न सकेको बताउनुभयो ।
अभिकर्ता पेशालाई थपमर्यादित बनाउन सबैको साथर सहयोगको खाँचो रहेको बताउनु भयो ।नियामकिय निकाय नेपालबीमा प्राधिकरणलाई अभिकर्ता मैत्री नीति नियमत र्जुमा गरि अभिकर्ता पेशालाई मर्यादित र व्यवसायिक बनाउन आग्रहगर्नु भयो ।अभिकर्ताको पेशागत सिप विकाश गरि नेपालमा बीमा जागरण गर्न पेशा बीमा अभिकर्ता संघ सदैब तयार रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्नपदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमापन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।








प्रतिकृया