• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

म्यानमार सिटिजन्स बैंकको सीईओमा पूर्व नेपाली बैंकर भेषराज खतिवडा नियुक्त

प्रकाशित मिति

२०८० श्रावण २७ गते, शनिबार ११:२७

२७ श्रावण २०८०, काठमाडौँ : पूर्व नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । शुक्रबार म्यानमार सिटिजन्स बैंक लिमिटेडले खतिवडालाइ प्रमुख कार्यकारीको जिम्मेवारीमा नियुक्त गरेको हो ।

National Life

यसअघि खतिवडा उक्त बैंकको चिफ अपरेटिङ अफिसर थिए । उनले प्रभु बैंकमा नै प्रमुख कर्जा अधिकृतको जिम्मेवारी पनि समालेका थिए । उनले नविल बैंकबाट बैंकिङ क्षेत्र करिअर शुरू गरेका थिए ।


म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए भने उनसँग प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको काम गरेको अनुभव थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया